चितवन १८ असार । चितवनको भरतपुरमा आज वृक्षारोपण गरिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तगर्त गोन्द्राङ्गमा रहेको सडक डिभाइडरमा चितवनका कृयासिल सामाजिक संस्थाहरुले आज धुपि र फलफुलका विरुमा रोपेका छन् ।
कार्यक्रममा भरतपुर महानगरपनलिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुवेदी, वडा १० र १२ का वडा अध्यक्षहरु, विभिन्न राजनैतिकदलका नेता कार्यकर्ता र सामाजिक संस्था बेटर चितवन,वे ग्रूप, फ्र्रेन्डहूड नेपालका सदस्यहरुको उपस्थीतीमा वृक्षारोपण सम्पन्न भएको थियो ।

