काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिँदै जिल्ला तहमा संगठन सुदृढीकरण तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको बताए।

बैठकमा अधिवेशनको कार्यतालिका, तयारी तथा व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा छलफल भएको थियो। साथै, अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक निर्देशनहरू पनि पारित गरिएको जनाइएको छ।

यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा सचिवालयले तय गरेका एजेन्डाहरू अनुमोदन गर्ने कार्यसूची रहेको पार्टी स्रोतले जनाएको छ।

पार्टीले अधिवेशनमार्फत संगठन विस्तार, कार्यकर्ता सशक्तीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार