चितवन । डनको कथावस्तुमा आधारित म्युजिक भिडियो ‘प्रज्वलको गोली’ सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा दक्षिण भारतीय चलचित्रको झल्को दिने आकर्षक द्वन्द दृश्य समावेश गरिएको छ । गीतमाशब्द, संगीत तथा स्वर प्रज्वल मगरातीको रहेको छ ।

भिडियोमा कलाकार प्रज्वल मगराती मुख्य भूमिकामा देखिएका छन् । उनीसँगै सुरेश चौधरी, भुलन चौधरी, अजय श्रेष्ठ, युबराज बराल, एननाथ अधिकारी, प्रशान्त अर्याल, आरजी भिलेन, साका डन, लिला नेपाली, भक्त थापा, बिनोद गुरुङ, मनोज चौधरी, किरण क्षेत्री, सरोज मैनाली, जुँगा बहादुर सुनार, आयुष सुनार, प्रविन सुनार, विशेष तामाङ र प्रविन घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

त्यसैगरी अतिथि कलाकारका रूपमा लक्ष्मण नेपाल र एमिमा नेपाली को समेत सहभागिता रहेको छ ।

भिडियोको सिनेमेटोग्राफी मनोज चौधरी ले गरेका हुन् भने छायांकनका लागि आवश्यक उपकरण ब्ल्याक डायमण्ड पिक्चर्स ले उपलब्ध गराएको छ । भिडियोको कन्सेप्ट सुरेश चौधरी को रहेको छ । आभाष राना ले डिओपी, ग्राफिक्स, एसएफएक्स तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

भिडियोको द्वन्द्व निर्देशन तथा समग्र निर्देशन आरके श्री ले गरेका हुन् । एक्सन, कथा र दृश्य संयोजनलाई विशेष प्राथमिकता दिइएको भिडियोले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने निर्माण टिमको अपेक्षा रहेको छ ।

सार्वजनिक म्युजिक भिडियो ‘प्रज्वलको गोली’ युट्युबमार्फत हेर्न सकिन्छ।

भिडियो लिंक :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार