रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली सोमबार देखि कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनको लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ सुरु हुँदैछ । थ्रि ब्रदर्श मिडियाले सौराहा सिटी कलेज निर्माणको लागि रत्ननगर वडा नं १५ विन्देश्वरी टोल, माधवपुरमा महायज्ञ आयोजना गरेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना महायज्ञको तयारी अन्तिम चरणमा पुगेको र सोमबार प्रदेश सभा साँसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । महायज्ञ सुरु हुनुपूर्व सोमबार माधवपुरमा भब्य कलशयात्रा निकाल्ने तयारी गरिएको छ । थ्रि ब्रदर्श मिडियाका सञ्चालक फणिन्द्र लामिछाने आफुले प्रकाशन गरेको किताब बेचेको पैसाले कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापनाको लागि आर्थिक जुटाउन महायज्ञ आयोजना गरेको बताए । गाउँ आएको मोटरबाटो नामक उपन्यासका लेखक लामिछानेले किसाब बेचेर आर्जेको पैसाले महायज्ञ लगाउने आट गरेका हुन् । धेरै दुःख गरेर प्रकाशन गरेको उपन्यास बेचेर आफ्नै ठाउँमा कलेज स्थापना गर्ने योजना बनाएको छु उनले भने महायज्ञबाट संकलित रकमबाट सम्भव नभए पनि आधारसिला निर्माण हुन्छ । तीन करोडको लगानीमा कलेज स्थापना गर्ने योजना रहेको भन्दै उनले कलेज स्थापनाको लागि तीनै तहको सरकार र विदेशमा रहेका नेपालीहरुबाट सहयोगको आह्वान गर्ने बताए । ग्रामिण क्षेत्रमा कृषि, विज्ञान तथा प्राविधिक कलेज नहुँदा ठुलो रकम खर्चेर गाउँका युवाहरु कलेज पठ्न शहर जानुपर्ने बाध्यकारी अबस्थाको अन्त्यको लागि गाउँमै कलेज स्थापना गर्न खोजेको उनको भनाई छ । महायज्ञमा चर्चित कथाबाचक पण्डित चैतन्य कृष्णले कथाबाचन गर्ने छन् । एक्लै महायज्ञ गर्ने आट गरेको छु कलेज निर्माण अभियान्ता समेत रहेका लामिछानेले भने राम्रो कामको लागि पुण्य कार्य सुरु गरेको छु सबैको साथ सहयोग पाउने आशा छ । फलफुल र तरकारीलाई प्राथमिकता दिएर विएसीएजी सम्मको पढाई हुने कलेज स्थापना गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार