चितवन, श्रावण २८ — भरतपुर–१० मा रहेको पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच आज उपचार सहुलियत सम्बन्धी सम्झौता गरिएको छ। औपचारिक कार्यक्रम आयोजना गरि भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसे, बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डोलराम न्यौपाने को उपस्थितिमा रहेको थियो । सम्झौता अनुसार, चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी, व्यवसायिक सदस्य, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा २५% सम्म छुट पाउने छन्। छुट सेवा लिन आउँदा संस्थाको परिचय पत्र वा आधिकारिक पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाईएको छ ।

हस्पिटलबाट प्रवाह हुने सेवाहरू जस्तै बेड चार्ज, ल्याब टेस्ट, ईसीजी, इको, भिडिओ एक्सरे, एक्सरे आदि सेवामा २५% छुट, साथै अप्रेशन, बडि स्क्यान तथा क्याबिनमा १०% छुट दिइने छ। औषधिमा ७% छुट प्रदान गरिनेछ। आवश्यकताअनुसार स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ। अस्पतालले टेलीमेडिसिन मार्फत उपचारमा सहजीकरण गर्नेछ।

सम्झौताको अवधि दुई वर्ष हुने र भविष्यमा आपसी समझदारीका आधारमा सेवा सुविधा थप गर्न सकिने समेत उक्त कार्यक्रममा जानकारी दिइएको थियो । सम्झौता कार्यक्रममा अस्पतालका सामाजिक सेवा इ. प्रमुख केदारप्रसाद सुवेदी, पुष्पाञ्जली अस्पतालका सामाजिक सेवा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष नवराज सुवेदी, बोर्ड सदस्य तथा सामाजिक विभाग प्रमुख तेजनारायण खरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार