
१९ गते माघ । शनिबार
चितवन, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ८, पर्सामा सगरमाथा मोटर्सको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । सगरमाथा मोटर्सको उद्घाटन खैरहनी नगरपालिका वडा -८ का वडा अध्यक्ष शंकर कँडेलले गर्नु भएको थियो । विद्युतीय (EV) मोटरसाइकल तथा स्कुटरको बिक्री तथा सेवाका लागि सञ्चालनमा आएको यस शोरूमको उद्घाटनमा स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले इभी सवारीसाधन वातावरणमैत्री भएकाले पेट्रोल आवश्यकता नपर्ने, लामो समयसम्म कम लागतमा सञ्चालन गर्न सकिने र दिगो यातायात समाधानको रूपमा उपयोगी हुने बताएका थिए । सगरमाथा मोटर्सले स्थानीय स्तरमा रोजगारी सिर्जना,गुणस्तरीय सेवा, र सुलभ मूल्यमा ग्राहकलाई सुविधा दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सगरमाथा मोटर्स अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ, जसले विद्युतीय सवारीसाधनका ग्राहकहरूलाई सहज सेवा दिने लक्ष्य राखेको छ ।