रत्ननगर । रत्ननगर १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था र फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरको सयुक्त आयोजनामा शनिबार उत्पादनमा सहकारी, फोहोरमैला व्यवस्थापनमा हाम्रो जिम्मेवारी विषयक तीज गीत प्रतियोगिता गरिएको छ । प्रतियोगितामा सहभागी महिलासमुह हरुले उत्पादनशिल क्षेत्रमा सहकारीले खेल्न सक्ने भूमिका र फोहोर व्यवस्थापनले वाताबरणमा पार्ने सकरात्मक प्रभावका बारेमा सचेतनामुलक गीत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा शान्तिकुञ्ज टोल विकास संस्था प्रथम, सुर्यदय टोल विकास संस्था द्धितीय र आर्दश टोल विकास संस्था तृतीय भएको सहकारीकी उपाध्यक्ष दुर्गा बरालले जानकारी दिइन् । १३ वटा समुहको सहभागीता रहेको सो प्रतियोगिताको निर्णायकमा लोकदोहोरी गायक नेत्रजी पन्त, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवनका अध्यक्ष कृष्ण भट्टराई, प्रतिष्ठानका पूर्व सदस्य दशरथ सापकोटा रहेका थिए ।

प्रतियोगितामा प्रथम भएको समुहलाई १५ हजार, द्धितीय भएको समुहलाई १० हजार र तृतीय भएको समुहलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाकी सचिव सम्झना लामिछानेले जानकारी दिइने । संस्थाकी अध्यक्ष निर्मला दंगाल, फोहोरमैला व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्ट र सेवा नेपालकी अध्यक्ष तथा सहकारीकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा संस्थाकी अध्यक्ष दंगालले सहकारीलाई उत्पादनशिल बनाउन र वाताबरण जोगाउन फोहोर व्यवस्थापनको विषयलाई सयुक्त रुपमा तीज गीत मार्फत समाजमा सकरात्मक सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले शान्तिकुञ्ज सहकारीले ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमशिल बनाउन खेलेको भूमिकालाई प्रशंसा गर्दै सहकारीसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्टले तीज गीत मार्फत फोहोर व्यवस्थापनबारे समुदायलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद अर्याल, सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, पञ्चकन्या माविकी प्रधानाध्यापक अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्टले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर