१४ श्रावण, सर्लाही । बरहथवा ८ टाँडीको भुईया बाबा मुसहर महिला कृषक समुहमा बाख्रा तथा बंगुर पालन सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बरहथवा नगरपािलकाका पशु शाखा प्रमुख अरुण कुमार सिहंले तालिममा सहजिकरण गर्नु भएको थियो । तालिममा बाख्राको खोर व्यवस्थापन, रोग तथा आहारको बारेमा जानकारी दिइएको थियो । उहाले बंगुरको सरसफाइ, उचित आहार, रोग तथा परजिबि किराहरुको रोकथाम, नश्ल सुधार, पाठापाठीको हेरचाहर बारे जानकारी दिनुभएको थियो ।
टाँडीको मुसहर समुहमा साप नेपालले १५ वटा बँगुर, १२ वटा बाख्रा र २५ वटा कुखुरा हस्तान्तरण गरेको थियो । मुसहर महिलाहरूलाई आयआर्जन गर्न बाख्रा,बंगुरको साथसाथै प्राबिधिक ज्ञान र शिप सिकाउन तालिमको आयोजना गरेको साउथ एसिया पार्टरशिप नेपाल (साप नेपाल)का प्रादेसिक संयोजक जनक कार्कीले बताउनु भयो । सोही अवसरमा साप नेपालले समुहको कोषमा रहनेगरी बिमाको शुल्क बुझाउन १५ हजारको बिमा कोष खडा गरेको संयोजक कार्कीले बताए ।
समुहको अगुवा संझाबति देवी माझिले आफुहरुको जमिन नहुदा आएआर्जन गर्न नसकेको बताउनु भयो । केही दिन अघिमात्र टाँडीमा समुहको बँगुर मान्ति मंडलको घरमा गएपछि २५ सय जिरवाना तिराएको सम्झाबतिले बताईन । स्कुलको जग्गा भाडामा दिए सामुहिक तरकारी खेति गर्ने, खोर बनाएर बँगुर पालेर आयआर्जन गर्ने उंहाले बताउनु भयो । कार्यक्रमकी सहभागी मगरी देवी माझीले साप नेपालले सामुहीक रुपमा बाख्रा र बंगुर पालन तालिम दिएकोले आयआर्जन गर्न सहज हुने बताईन । पशु शाखाको कार्यालय बरहथवामा समुहका ३२ जना कृषकहरुलाई तालिम दिईएको फिल्ड सुपरभाइजर रिना बिष्टले बताउनु भयो ।