रत्ननगर, असार २५ । थारु भाषाको गीत ‘सररर घुमे तोहर लेहङ्गा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीत महेश अफिसियल युट्युब च्यानलबाट सोमवार सार्वजनिक गरेको हो । गीतमा शब्द, महेश चौधरी र श्रेया रानाको रहेको छ भने स्वर महेश चौधरी र एलिना वि.क को रहेको छ । रत्ननगर निवासी महेस विगत २ दशक देखि कला क्षेत्रमा संघर्षरत पात्र हुन्, सुरुका दिनमा गीतहरुमा ग्रुप डान्सर हुँदै मुख्य कलाकार सम्मको भूमिका निभाएका महेशले पछिल्लो दिनमा गायनकला मार्फत आफुलाई प्रस्तुत गर्न खोजेका छन्, यो गीतका अलावा अन्य केहि गीतहरु समेत रेकर्ड गरिसकिएको साथै निरन्तर यहि यात्रामा अघि बढ्ने उनले चित्रवन अनलाईनलाई बताए ।

गीतको संगीत र एरेन्ज किशोर तिवारीले गरेका छन् । किशोर चौधरीले सम्पादन गरेको म्युजिक भिडियोमा बिनोद तामाङ र हिना महतोले अभियन गरेका छन् । ओम फिल्मस् स्टुडीयोले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन किशोर चौधरीले गरेका हुन् ।डियर लभ फिल्म्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियोको निर्माता सुखिराम चौधरी हुन् । मेकअप आश्मा चौधरी र पोष्टर कलर आभाष रानाले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर