रत्ननगर, असार ३
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले नगर भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन् । सामाजिक संजाल मार्फत मेयर सापकोटाले रत्ननगरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने भन्ने सुचना पाएको भन्दै नगरभित्रका कुनै पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका हुन्।

सापकोटाले शिक्षा नगरपालीकाको पहिलो प्राथामिकता हो , समस्या परे सम्बन्धित निकायमा उजुरी गर्न भनेका छन् । ‘विद्यार्थीको शान्त रूपमा पढ्न पाउने अधिकार माथि हस्तक्षेप हामीलाई स्विकार्य छैन। विद्यालय शान्ति क्षेत्र हो तसर्थ वार्ता र संवाद बाट निकास खोज्ने हो, हामी बन्द हड्ताल तिर अब फर्कने छैनौं ।’ सापकोटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यसैबिच, रत्ननगर १३ मा रहेको पंचकन्या माध्यमिक विद्यालयमा लागेको ताला वडाध्यक्ष पोट बहादुर घिमिरेको पहलमा खोलिएको छ । घिमिरेले नगरपालिकाले नगरका कुनैपनि विद्यालय बन्द नगर्ने निर्देशन दिएको भन्दै ताला खोलेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार