राप्ती । नेकपा एमालेको लाल किल्ला भनिएको राप्तीमा अहिले समाजवादी पार्टी बलियो भएको पुर्व प्रदेश मन्त्री कृष्ण प्रसाद खनालले बताएका छन् । शनिवार नेकपा एकिकृत समाजवादीको क्षेत्रिय भेलालाइ सम्वोधन गदै खनालले राप्तीमा अव एमाले कमजोर रहेको दावी गरे । आफुले केहि समय अगाडी राप्तीमा एमाले व्यक्ति प्रवृतिका कारण सकिदैछ भनेर भनेको र अहिले सोहि कुरा प्रमाणित भएको उनले बताए । राप्तीका विभिन्न क्षेत्रमा एमालेलाइ घृणा गर्ने र समाजवादीप्रति आर्कषण बढाउनेको चासो बढेको खनालको दावी रहेको छ । खनालले राप्ती आफ्नो निर्वाचन क्षेत्र नभएपनि जनप्रतिनिधिको हैसियतले सधै बजेट विनियोजनमा उल्लेखनिय भुमिका खेलेको बताए ।
मैले बजेट पुर्वी चितवनको लागी व्यवस्थापन गरिरहेको छु । जसरी मेरो आफ्नो पालिका मा परेका छन । उसैगरी राप्ती र खैरहनीमा पनि बजेट पारेको उनले दावी गरे । आज वाट सुमिताजि पनि हामीसंग जोडिनु भएको छ । यस वाट पनि प्रमाणित हुन्छकि हामी राप्तीमा अझ बलियो र सशक्त भएर अगाडी जानेछौ ।

