
भरतपुर । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले अवको माग भनेको समाजवादी मोर्चा भएको बताएका छन । उनले समाजवादी मोर्चा देशको आवश्यकता रहेको बताए । शनिवार चितवन क्षेत्र नं १ को क्षेत्रिय भेलामा सहभागिताको लागी आएका पाण्डेले भरतपुर एयरपोर्टमा सो कुरा बताएका हुन । उनले अहिलेको आवश्यकता अनुसार माओवादी केन्द्र, समाजवादी र जसपा सहित बामदेव गौतम समेत समाजवादी मोर्चामा अट्ने बताए । आउदो निर्वाचनको लागी एक्लै एक्लै चुनाव लड्ने सामथ्र्य बनाउनको लागी पनि उनले समाजवादी मोर्चाको आवश्यकता रहेको बताए । आउदो असार ४ गतेनै समाजवादी मोर्चा घोषणा हुने उनको दावी रहेको छ ।
पाण्डेले भर्खरै आएको बजेटको बिषयमा समेत टिप्प्णी गरेका छन । बजेट नेतामुखि भएको भन्दै बजेटको बिषयमा नसोचे समाजवादी सरकारमा नजाने बताए । उनले २ जना मन्त्रीको लागी जनताको अधिकार माथि लेखवाड गर्न नदिने बताए । उनले भुटानी शरणार्थी देखि समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए ।