चितवन : भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विद्यालयलाई ई–रिक्सा प्रदान गर्नभएको हो । ई रिक्सा मूल्यअभिवृद्धि करसहित रु ४ लाख २५ हजारमा खरिद गरिएको हो ।

भरतपुुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरु बालकुमारी बाहेक सबै आवसिय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीहरुलाई आवतजावत गर्न समस्या हुने भएकाले ईरिक्सा प्रदान गरिएको भरतपुुर महागनरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि,श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा अपडगता स्रोत केन्द्र सञ्चालनमा छन् ।

भरतपुर महानगरपालिकाले विद्यार्थीहरुलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । महानगरले विद्यार्थीहरुलाई न्यानो कपडा, छात्रालाई साईकल, विभिन्न छात्रावृत्ति दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर