चितवन : सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सबन्धित कमिटिलाई निर्देशन दिएको छ । आज बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले त्याग गरेको नागरिकता पुनः प्राप्ति नगरी पुरानै नागरिकतालाई प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद सर्वोच्च अदालतको फैसाला पछि खारेज भएको थियो । उनको सांसद पद खारेजीपछि रिक्त हुन आएको चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार