हरिपुर नगरपालिकामा भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गा व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकाय संग नितिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुसहर महिला सशक्तिकरण मंचकि अध्यक्ष पल्टनिया देवी माझीको अध्यक्षता, नगरप्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यता र राष्ट्रिय भुमि आयोगका केन्द्रिय सदस्य मदन विश्वकर्माको विषेस अतिथ्यतामा हरिपुर १ देखी ९ का वडा अध्यक्ष र मुसहर संघका अध्यक्ष लगाएतको सहभागीतामा कार्यक्रम भएको हो ।

नेपालमा राज्य परिवर्तनको लागि दलित तथा सर्बहारा बर्गहरुलाई अघि सारेर माओवादी आन्दोलन, मधेस आन्दोलनहरु भए, राज्य व्यवस्था परिबर्तन भयो तर गरिब एवं दलितहरुको अवस्था जहाको तंही रहेको छ । भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोवासिहरुलाई जग्गाधनी लाल पूर्जा प्रदान गर्ने नेपाल सरकारको घोषित उद्देश्य र कार्यक्रम अन्तर्गत विभिन्न स्थानिय तहमा लागत तथ्याङक संकलन, जमिनको नाप जाँच तथा नक्शांकन गर्ने कार्यको सुरुवात नभएको भनि ध्यानाकर्ष गराउदै सरोकारवाहरुको जवाफदेहिता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

राष्ट्रिय भुमि आयोगका केन्द्रिय सदस्य मदन विश्वकर्माले हाल सम्म ७ पटक भन्दा धेरै आयोगहरु गठन भए तर ति आयोग नेताहरुको जागीर खाने थलोको रुपमा मात्र सिमित रहेको बताए । आयोगमा भुमिहिनहरुको सहभागीता नहुदा प्रभाबकारी रुपमा काम हुन नसकेको, हरिपुरमा ९ सय २५ दलित परिवार भुमिहीन रहेको बताउदै स्थानिय तहमा जग्गा बितरणका लागी स्थानिय सरकार प्रमुखहरु संग छलफल गर्दै आएपनि वन संग कानुन बाझिएको कारण र स्पष्ट नितिको अभाबमा काम अगाडी बडाउन नसकेको उनले बताए ।

शिक्षा र चेतनाको कमिले बहुसंख्यक दलितको बसोबास भएको सर्लाही जिल्लाका माझि, मुसहर, डोम, चमारहरुको सरकारी तथा गैर सरकारी निकायमा पहुँच पुग्न नसक्दा बषौ देखी भुमिहीन एवं सुकुम्बासीको रुपमा खुल्ला आकासमुनी जिबन बिताईउन बाध्य रहेको मुसहर अगुवा पचुलाल माझीले बताए ।

हरिपुरका २ वडा अध्यक्ष निल विक्रम थापाले नगरपालिकाको विशेष परिषद बैठक राखेर बजेट बिनियोजन गरेर सेवा केन्द्र प्रमुखको व्यवस्था गरेर छिट्टै भूमिको काम अगाडी बडाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा हरिपुरका ९ वटा वडाका वडा अध्यक्षहरु, दलित महिला वडा सदस्य, नागरिक समाज संस्थाका प्रतिनिधिहरु, दलित अगुवा, सरकारी निकायका प्रमुख, मुसहर महिला सशक्तिकरण मञ्चका अगुवाहरु र संचार कर्मी सहित ३५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर