सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । साउथ एसीया पार्टनरशिप नेपाल, साफ नेपालको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको अनुशिक्षण कार्यक्रममा स्थानिय सरकार, नगरपालिकाको निति, कार्यक्रम बजेट तथा योजना, विषयगत योजनाहरु र स्थानिय तहमा बेजेट निर्माण प्रक्रियाको चरणहरुको सम्बन्धमा छलफल गरिएको हो। प्रशिक्षणमा लैगिंक उत्तरदायी बजेट तर्जुमा र कार्यान्वयनमा लक्षित समुदायकोे पहुँच पु¥याउन सरकारी निकायको भुमिका र सामाजिक जवाफदेहिता बिषयमा समेत प्रशिक्षण गरिएको हो ।

चन्द्रनगर गाउँपालिकाको भूमि सम्बन्धि आयोगको सेवा केन्द्र प्रमुख पच्चुलाल माझीले बस्ति तथा वडा स्तरबाट योजना बनाउदा दलित तथा पछाडी पारीएका लक्षित समुदायको समेत सहभागीतामा गर्नु पर्ने बताए ।जनप्रतिनिधिहरुको आफु खुसी योजनाहरु बनाएर बजेट परिचालन गर्न नहुने उहाँले जोड दिए । वडा नं ४ का वडा अध्यक्षले वडा तथा गाउँपालिकाले माझी मुसहर लगाएत दलितहरुलाई लक्षित गरेर विकास बजेट तथा योजनाहरु बनाउने बताए, भने चन्द्रनगर गाउँपालिका उपाध्यक्ष गीता देबिले योजना बनाउदा महिला सशक्तिकरण र आयाआर्जनमा ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा मन्तव्यको क्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्गले अनुशिक्षण कार्यक्रमले संघ तथा प्रदेस बाट प्राप्त हुने बजेट तथा योजना र कार्यान्वयन सम्बन्धमा धेरै जानकारी पाएको बताए । गाउँपालिकाले सम्मानित जिवन सबृद्ध चन्द्रनगर भन्ने नारा सहित दिर्घकालीन योजनाहरु बनाएर लागु गर्ने तथा गरिब तथा बिपन्न दलित समुदायको जिवनस्तर उकास्ने लगायतका कार्यक्रममा जोडदिने बताए ।कार्यक्रममा बोल्दै चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महतोले कार्यक्रम अत्यन्त सान्दर्भिक भएको बताउदै नयाँ जनप्रतिनिधिहरुले महत्वपुर्ण कुरा सिक्ने अवसर प्राप्त गरेको बताए । आजको प्रशिक्षण बाट स्थानिय सरकार संचालनकालागी अति आवश्यक बिषय बस्तुहरुको सिकाई भएको हो । उहाँले भने । स्थानिय सरकारले पञ्च बर्षिय रणनैतिक कार्ययोजना बनाएर काम गर्ने बताए । बितमा जेजस्तो भएपनि यस बर्ष बाट ऐन कानुन र निर्देशीका अनुसर योजना निमार्ण प्रक्रियाको अक्षरस पालन गरेर बस्ति स्तरबाट योजना माग गरेर बजेट तथा कार्यक्रम बनाएर लागु गर्ने प्रतिवद्धता समेत उहाँले गरे । उहाँले स्थानिय स्तरमा रोजगारीको अवसर सृजना गरेर आय आर्जन गरी आर्थिक सम्वृद्धि ल्याउनु पर्ने बताए ।

अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा सर्लाहीका बरथहवा, हरिपुर, बस्बरीया र चन्द्रनगर गाँउपालिमा ३२ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरी मुसहर महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दै आएको र सोही अवसरमा सरकारी निकायलाई तथा निर्बाचित जनप्रतिनिधिहरुलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप नेपालका कार्यक्रम संयोजक कार्कीले बताए । चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलज्यूले सहजिकरण गरका थिए । चन्द्रनगर गाउँपालिकाका कार्यपालिका सदस्य दलित महिला सदस्य लगाएत २५ जना र गाउँपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल राष्ट्रिय मुसहर संघका प्रमुख, मुसहर महिला सशक्तिकरण मन्च सन्जालकी अध्यक्ष, स्थानिय संचारकर्मी सहित उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर