चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार ६९१ मत अन्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गरेकाछन् ।

उनका निकटतम प्रतिस्प्रर्धी नेकपा नेकपा माओवादी केन्द्रका उम्मेद्वार डा भोजराज अधिकारीले २४ हजार ६७१ मत ल्याए । पाण्डेले यसअघि २०७०को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, २०७४मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग ९ हजार ३४१ मतले पराजित भएका थिए । अहिले सो बढी मत ल्याएर बिजयी भएका थिए । नेेकपा एमाले र माओवादी केन्द्र विच गठबन्धन भएको थियो भने, कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो । पाण्डे यस क्षेत्रबाट २०५६ सालदेखि निर्वाचन लड्दै आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार