रामु आचार्य ।
सर्लाही । मुसहर महिला सशक्तिकरण मन्च हरिपुरको आयोजनामा हरिपुर सर्लाहीमा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया गरिएको छ । साप नेपालले अन्डेफको सहयोग तथा नेपाल मुसहर संघसँग समन्वय गरी संचालन गरिरहेको मुसहर महिला सशक्तकरण मन्चले हाल सम्म गरेका प्रगतिविधि सम्वन्धी कार्यक्रममा केन्द्रीत रही हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटीको हलमा अन्तरक्रिया गरिएको हो ।

मुसहर महिला मन्चका अध्यक्ष पल्टनिया देवी माझको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपप्रमुख निलमदेवी यादव, वडा अध्यक्षहरु, अन्डेफका प्रतिनिधि रुप सुनुवार, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशी, नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीयलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा ६३ जनाको सहभागीता रहेको थियो ।

हरिपुर नगरपालीकाले बिगत ५ बर्षमा गरेको बजेट तथा योजना र खर्चको आधारमा तयार पारेको प्रतीवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ देखी आर्थिक वर्ष २०७८/०७९ सम्म मुसहर समुदायले स्थानिय सरकारले खर्च गरेको बजेटमा कुनै सहभागीता जनाएको दलित अगुवा पचु माझीले बताए । हरिपुर नगरपालिकाले गरेको र्खच तथा कायक्रमको आर्थिक बर्ष २०७८÷७९ को बजेटलाइ हेर्दा तराइ मधेसमा स्थानिय सरकारको कार्यक्रम पिछडिएको मुसहर समुदाय सम्म पुगेको छैन । मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतीसत मुसहर समुदायमा वजेट वारे जानकारिनै नरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो । अझैपनि अधिकांस मुसहर बालबालिकाहरु जन्म दर्ता प्रमाण पत्र नभएको कारण बिद्यालय जान बाट बन्चित रहेको बताए । तिन पुस्ता देखी बसोबास गरेका उनिहरको नागरकिता नहुदा विवाह दर्ता जस्ता महत्वपुण घटना दर्ता नहुदा सरकारी सेवा सुबिधा बाट बन्चित हुनुपरेको कार्कीले बताए ।

कार्यक्रममा मुसहर मशिला सशक्तिकरण मन्चका अध्यक्ष पल्टनीया देवी माझीले नगरप्रमुख गोपाल पंजियारलाई हरिपुरमा रहेको श्री महबीर जनता उच्च माविमा बिद्ययालयमा कन्या छात्रावास संचालनमा रहेता पनि उक्त छात्रावासमा मुसहर समुदायका छात्राहरुको लागि हाल सम्म आरक्षणको व्यवस्था नभएको हुँदा उनीहरू आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जानकारी गराउँदै मुसहर समुदायका ४ जना छात्राहरुको लागि उक्त कन्या छात्रावासमा पुर्णरुपमा आवासीय छात्रावासको व्यवस्था मिलाइदिन अनुरोध पत्र बुझाएका थिए ।

कार्यक्रममा मुसहर समुदायका महिलाले आफ्ना समुदायको समस्याल आय आर्जन, सशक्तिकरण र क्षमता विकास कार्यक्रममा बजेट छुट्टाउन माग गरेका थिए । प्रमुख अतिथि नगरप्रमुख पंजियारले मुसहर समुदायको उत्थानका लागि शिक्षा, जनचेतना लगायतमा जोड दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उहाले आफु आवद्ध बिद्यालयमा समेत दलित जेहेन्दार छात्राहरुलाई निशुल्क पढाउने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाले आगामी दिनमा यहाका दलित समुदायहरुलाई लक्षित गरेर कार्यक्रम तथा योजना बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर