सर्लाही २०७९ भाद्र २३ ।
राज्यले गरीब तथा पिछडिएका बर्गहरुको आर्थिक, सामाजिक तथा राजनीतीक विकासका साथै आयआर्जन र क्षमता विकासमा छुट्टाएको बजेट तराईका अति विपन्न माझी मुसहर समक्ष पुग्न सकेको छैन । शिक्षा स्वास्थ आय आर्जन र क्षमता विकासमा छुट्टाएको बजेट बारे शत प्रतिसत मुसहर समुदाय अनभिज्ञ रहेको एक सर्भेक्षणले देखाएको छ । अनडेफको सहयोगमा साउथ एशिया पार्टनरशिप नेपाल (साप नेपाल) द्धारा संचालित नेपालका स्थानिय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्थानिय तहको निति योजना, कार्यक्रम, बजेट तथा खर्चको अध्ययन गर्न नागरिक प्रतिवेदन पत्र विधिको प्रयोग गरि तयार पारिएको प्रतिवेदन प्रतुतिको क्रममा जानकारी गराईएको हो । स्थानिय सरकारको बजेट तथा योजनामा महिला भित्रको पनि अति विपन्न मुसहर महिलाको सहभागीता,पहुँच, अवसर र सेवाको अवस्था बारे जानरकारी लिने । स्तानिय तहको बजेट तथा कार्यक्रम कार्यान्वयनमा माझी मुसहर समुदाय लाभन्वित भए नभएको अवस्था बारे समुदाय संग भेटेर तथा सामुहिक छलफल मार्फत अध्ययन गरेको प्रतिवेदन मुसहर अगुवा पचुलाल माझीले प्रस्तुत गरेका थिए ।

गाँउपालीकाले बिगत ५ बर्षमा गरेको खर्चको आधारमा तयार पारेको प्रतीवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ देखी आर्थिक वर्ष २०७८/०७९ सम्म मुसहर समुदायले स्थानिय सरकारले खर्च गरेको बजेटमा कुनै हिस्सा नपाएको दलित अगुवा पचु माझीले बताए । चन्द्रनगर गाउँपालिकामा पालीकाले गरेको खर्च तथा कार्यक्रमको आर्थिक बर्ष २०७८/७९ को बजेटलाइ हेर्दा लक्षित समुदय सम्म बजेटनै नपुगेको देखिन्छ । त्यसमा पनि तराइ मधेसमा पिछडिएको मुसहर समुदाय सम्म बजेटै पुगेको छैन । मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतीसत मुसहर समुदायमा वजेट वारे जानकारिनै नरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो ।

गाउँपालिकाका योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा महिला सहभागिता,महिला क्षमता विकासका लागि संचालन गरेका कार्यक्रमहरू, महिलाहरूको लागि रोजगारी र आय आर्जनमा सहयोग गर्ने कार्यक्रमहरू स्थानीय व्यवस्थापन समितिहरू जस्तै खानेपानी उपभोक्ता समिती, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितीहहरूमा मुसहर महिलाको प्रतिनिधित्व शुन्य रहेको सर्भेक्षणले बताएको छ । विभिन्न सरकारी निकाय बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु संग अन्र्तबाता लिनुका साथै महिला समुहका अगुवा हरु संग समुह छलफल र प्रश्नउत्तर बिधि मार्फत सर्भेक्षण गरीएको थियो ।

कार्यक्रममा मुसहर महिला सशक्तिकरण मन्चका अगुवाहरुले समुहमा बसेर हाल सम्म गरेका काम बारे प्रस्तुतीकरण गरेका थिए । समुहकी अगुवा शिवकली देवी माझीले हाल सम्म कृषि समुह दर्ता गरेको, समुहको बैक खाता संचालन बचत संकलन, क्षमता विकास तालिम संचालन,वाल विवाह जाँड रक्सी जुवातास विरुद्ध जनचेतना अभिवृद्धि मुलक कार्यक्रम आयोजना गरेको , वडा कार्यलयमा बजेट माग गर्दै योजना बुझाएको, जन्म दर्ता, विवाह दर्ता र बिद्यालय भर्ना अभियान संचालन गरेको बताईन । गाँउपालिकाका उपप्रमुख गिता देवी महतोले मुसहर समुदायको अवस्था सुधार गर्न शिक्षामा बिषेस जोड दिनु पर्ने बताउनु भयो । शिक्षा शाखा अधिकृत कमला बस्नेतले सरकारको नितिमा दलितलाई निशुल्क शिक्षाको व्यवस्ता भएपनि कार्यान्वयनमा व्यवहारीक कठीनाई भएको बताउदै जनप्रतिनिधिहरुले यसप्रति चासो दिएर समाधान गर्नुपर्ने बताइन ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै चन्द्रनगर गाँउपालिकाका प्रमुख राजकुमार महतोले पालिकामा जनसंख्याको आधारमा दोश्रो रहेको दलित माझी तथा तेश्रोमा रहेको मुस्लिम समुदायलाई लक्षित गरेर छुट्टै इकाई खडा गरेर सेवा सुविधा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चन्द्रनगरमा तिन पुस्ता देखी बसोबास गर्ने मुसहर समुदायको नागरिकता,जन्म दर्ता, विवाह दर्ता नभएको हुदा सेवा सुविधा लिन बाट बन्चित भएको अवस्थामा पालिकाले छिट्टैनै घुम्ती शिविर संचालन गरेर वडा वडामा गएर घटना दर्ता प्रकृयालाई पुर्णता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले साप नेपालले मुसहर समुदायको विकासमा गरेको योगदानको प्रसंशा गर्दै धन्यवाद दिनु भयो । वडा अध्यक्षहरुले पनि यस अभियानलाई सघाउने प्रतिवद्धता जनाए । कार्यक्रममा निर्बाचित जन प्रतिनिधि, सरकारी निकायका प्रमुखहरु संचारकर्मी मुसहर अगुवा लगाए ४३ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार