२१ श्रावण,सर्लाही ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालित लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरिपुर न.पा वडा नं ७ चिताईनमा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

मञ्चका ४५ जना सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा स्थानीय योजना निर्माण प्रकियाका ७ वटा चरणहरु, स्थानीय सरकारको कार्यक्रम तथा योजनाहरू, वस्ती स्तरका योजना र मुसहर समुदायको सहभागीता बारेमा साप नेपालका फिल्ड सुपरभाईजर मनोज कुमार पासवानले प्रशिक्षण दिएका थिए ।

मुसहर समुदाय चरम आर्थिक अभाव, गरीवि र गाँसवाँस कपास जस्ता आधारमुत आवश्यकता पुरा नहँुदा विहान वेलुकाको छाक टार्न सिङ्गो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा मजदुरी गर्दै आएका छन् । बर्षमा ६ महिना पुरै परिवारका सदस्यहरु ईटाभट्टामा मजदुरी गर्नुपर्ने बाध्याताका कारण शिक्षा र चेतनाको हिसाबले पछाडि परेका छन् । स्थानिय सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले स्थानीय स्तरमानै रोजगारीको अवसर सृजना गर्नु पर्ने साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

प्रशिक्षणको क्रममा उनले पैरवी मन्चले योजना बनाएर सामुहिक वंगुर पालन, तरकारी खेती गरेर आयआर्जन गर्नुपर्ने बताए । हरिपुर वडा नं ७ अध्यक्ष मनोज चौधरीले वडा कार्यालयबाट मुसहर समुदायको कुलदेवीको मन्दिर बनाउन र बाटो ग्राभेल गर्न बजेट छुट्टाएको बताए । आगामी दिनमा सामुहिक वंगुरपालन, तरकारी खेती गर्न बजेट बिनियोजन गर्ने बताए ।

मुसहर महिलाहरुको लागि विकासका योजना ल्याउन पैरवी गर्न विषयमा छलफल तथा प्रशिक्षण भएको थियो । हाल सम्म योजना निर्माणको प्रक्रिया थाहा नभएको हँुदा आफनो समुदायको लागि योजना ल्याउन नसकेको समुहको सदस्य एवं निर्वाचित वडा सदस्य सोमारी देवी माझीले बताइन् । ४० मुसहर घर परिवार रहेको चिताईनको मुसहर टोलकी कक्षा नौ मा पढने एक मात्र छात्रा कृतिका माझीले आर्थिक अभाव र गरिवीको कारण परिवारका पुरै सदस्यहरु गाँउ छोडेर ६ महिना ईटाभट्टामा जानु परेकोले पुरै समुदाय पढन बाट बन्चित भई शिक्षा र चेतना बाट बन्चित हुनुपरेको बताईन ।

उनले गाँउमै रोजगारीको व्यवस्था भए सबैले पढन पाउने बताइन । मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष उर्मिला देवी माझीले हाल साप नेपालको कार्यक्रम आएपछि समुह दर्ता गरेको, बैक खाता खोलेर बतच गर्न थालेको, बेलाबेलामा तालिममा भाग लिएर धेरै कुरा थाहा भएको बताइन । श्रावण १८ देखि २२ गते सम्म पाँच दिन महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता र यसका विधिहरु, आयआर्जन, स्थानिय योजना तथा बजेट प्रक्रियामा मुसहर समुदायको सहभागीता बारेमा रिफ्लेक्त कक्षा संचालन हुने कार्यक्रम संयोजक कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार