५ बैशाख, रत्ननगर ।
स्थानिय निर्वाचन नजिकिए संगै गाउँघर, शहर बजारमा निर्वाचनको चर्चा संगै भोट माग्ने क्रमले तीव्रता पाएको छ । नेकपा एमाले संग बिद्रोह गरि स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो समय घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । घरदैलोमा नेताहरुले भोट मात्र मागेका छैनन् मतदाता उत्साहित समेत भएका छन् । एकीकृत समाजवादी रत्ननगर १५ ले आज आयोजना गरेको घर दैलो कार्यक्रममा स्थानियहरु उत्साहित हुदै कलम चिन्हमा मतदान गर्दै समाजवादिलाई विजय गराउने प्रतिक्रिया पाएको रत्ननगर १५ का हालका वडाध्यक्ष समेत रहेका एकीकृत समाजवादिका नेता हुमनाथ लामिछाने बताउनुहुन्छ ।

घरदैलो कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ता तथा शुभेक्षुकको उपस्थिति रहेको थियो । कार्यक्रममा एकीकृत समाजवादिका जिल्ला सदस्य बिजय खनाल, वडा पार्टी कमिटि अध्यक्ष मदन भुजेल, जिल्ला कमिटि सदस्य बिष्णु लम्साल, जिल्ला कमिटि सदस्य दिनेश घलान, महिला नेत्री रिता नेपाल, मजदुर नेता शंकर खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार