रत्ननगर । रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर संरक्षण समितिको अध्यक्षमा नेमराज शर्मा पौडेल चयन भएका छन् । शनिवार सम्पन्न संरक्षण समितिको २३औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ट उपाध्यक्षमा निलकण्ठ शर्मा पौडेल,महिला उपाध्यक्षमा सुनिता मिश्र,सचिवमा सोमप्रसाद भट्ट,सहसचिवमा रामचन्द्र मिश्र,कोषाध्यक्षमा मुकुन्द शर्मा आचार्य,सहकोषाध्यक्षमा सुरेश विष्ट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शंकर गिरी, उमादेबी शर्मा पौडेल,शरला सुवेदी,मोहन कँडेल,रामप्रसाद पौडेल,हेमशर्मा पौडेल,निर्मला आचार्य,बसन्ता भट्टराई,बुद्धिप्रसाद तिमिल्सिना र सम्झना पौडेल चयन भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा रविप्रसाद सुवेदी र सदस्यहरुमा लक्ष्मीनारायण पन्त,सीतादेबी शर्मा चयन भएको निर्वाचन समितिका संयोजक पूर्ण रेग्मीले जानकारी दिए । बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा दुई दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा सचिव सोमप्रसाद भट्टले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मुकुन्दशर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वडा नं १ का कार्यबहाक वडाध्यक्ष बाबुराम गौतम,धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरी,वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी,गुरुकुलमका सल्लाहाकार रुपनराज घिमिरे,प्रेमनाथ दुवाडी,समाजदेवीहरु माधव अर्याल,राजु अम्गाई,संरक्षण समिति सदस्य शरदा सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

