१३ फागुन, रत्ननगर ।
रत्ननगर जेसिजको आयोजनामा रत्ननगरमा योजना कार्यशाला गोष्टि सम्पन्न भएको छ । सौराहाचोक स्थित होटल सौराहा गेट वे मा आयोजना गरिएको उक्त कार्यक्रममा दर्जन बढी जेसिजका सदस्यहरुको उपस्थिति थियो । रत्ननगर जेसिजका पुर्व अध्यक्ष द्वय जेसी निरज श्रेष्ठ र जेसी सुवास पोखरेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

रत्ननगर जेसिजका तालिम संयोजक जेसी किरण लामिछानेको संयोजनमा भएको कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२२ का अध्यक्ष उपेन्द्र शर्मा आचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार