चितवन : शहरी बिकास मन्त्री तथा नेकपा समाजबादिकि नेतृ राम कुमारी झाँक्रीले आफ्नो पार्टीले सरकार र सडक मध्ये एक छाड्नु पर्ने बताएकि छिन। चितवनको भरतपुरमा नेकपा समाजबादि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन।
पार्टीको स्थायी कमिटीले एमसिसि टेबल गर्ने निर्णय गर्ने अनि सचिवालय बैठकले पास गर्न नदिने निर्णय गर्ने ।यस्तो विरोधावास आउने कुरा पार्टीले गर्न नहुने उनको तर्क थियो। पार्टीका कारणले एमसिसिलाइ पास गर्ने नगर्ने सम्बन्धमा हाम्रो अगाडी गंभिर प्रश्न खडा भएको बताउँदै झांँक्रीले आफु दोधारमा नरहे पनि पार्टीको निर्णय भने दोधारे रहेको बताइन् ।
पार्टीले सरकारमा बसेर सरकारकै बिरोध गर्नु उचित नहुने उनको तर्क थियो।उनले भनिन्, सरकारमा बसेपछि सरकारको बिरोध गर्दै सडकमा बसेर ढुङ्गा हान्न सुहाउँदैन ।‘म झण्डा भएको गाडी र सुरक्षाकर्मी सहित हिड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुंगा हान्न कदापी मिल्दैन उनको भनाइ थियो।
तर आफु पार्टीको सिपाही भएकोले पार्टीको निर्णय अनुसार चल्ने उनको भनाइ थियो। यदि पार्टीले सरकारबाट बाहिर आइज भन्छ भने एक मिनेट पनि आफु मन्त्री पदमा नबस्ने उनले बताइन् ।
तर एमसिसि बारे आएको भ्रम जनता सामु पुर्याएर बुझाउन सक्नु पर्ने र केहि बुदा मिलाएर एमसिसि पास गर्दा राम्रो हुने उनको भनाइ थियो।

