
७ कार्तिक, आईतबार ।
रत्ननगर : नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय संगको साझेदारीमा रत्ननगर १० स्थित श्री पन्चामृत बहु उद्धेश्यीय सहकारी संस्था लि. ले संचालन गर्न लागेको “दुध संकलन तथा प्रशोधन उप-आयोजना”को सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
कुल ४८ लाख ७२ हजार ५ सय ६४ रुपैयामा सम्पन्न हुने सो आयोजनालाई नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभ स्टक सेन्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौडाले आधि त्यस्तै संस्थाले आधि लगानी गर्ने गरि सम्झौता गरिएको कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका नेपाल लाइभस्टक सेन्टर इनोमेसन आयोजना हेटौडाका संयोजक डा.सन्तोष घिमिरेले जानकारी दिए ।
रत्ननगर नगरपालिका वार्ड नम्वर १० का अध्यक्ष केशव आचार्य प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा
जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगाले, रत्ननगर नगरपालिका पशु शाखा प्रमुख शालिग्राम पौडेल, रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख गृष्मा शर्मा, राजनैतिक दलका प्रतिनिधिहरु, सहकारीकर्मीहरु साथै संस्थाका पुर्व तथा बर्तमान कार्यसमिति, शेयर सदस्य लगाएतको उपस्थिति थियो ।
संस्थाका पुर्व अध्यक्ष गोपी प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष मणिप्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।