कार्तिक २, रत्ननगर
रत्ननगर नगरपालिका वार्ड नम्वर १० स्थित टिकौली चौरमा बेवारिसे तथा शंकास्पद अवस्थामा शिशुको शव फेला परेको छ । स्थानिय बालबालिकाहरु चौरमा खेल्न जाने क्रममा सो शिशुको शव देखे पछि प्रहरी बिट कृष्णमन्दिरमा खबर गरेका थिए ।

जन्मिएको अन्दाजी हप्ता १० दिन जस्तो देखिनेशिशु बालिकाको शरीरका अंग हरु कुहिन सुरु गरेको अवस्था रहेको छ । शवलाई प्लास्टिकमा प्याक गरि सरकारी अस्पताल भरतपुरमा पोस्ट मार्टमका लागी लगिएको र शवको सम्वन्धित व्यक्ति पहिचानका लागि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय टांडीका प्रमुख डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर