चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को कारण चितवन प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका व्यक्तिहरुलाई भेटघाट बन्द गरिएको जनाएको छ ।
देशभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण अर्को सूचना जारी नभएसम्मका लागि हिरासतमा रहेका मानिसहरुसँग भेटघाट निषेध गरिएको चितवन प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए । चितवनमा जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहानदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागू गरेको छ ।

