रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न भएको छ । हामी उठ्ने छौ खुशिको साथमा भन्ने बिसयमा नेपाल जेसीजले प्रदान गर्ने मास्टर टट लिग्नु भएका क्वेस्ट मोडल कलेजका प्रचार्य जगदिश चन्द्र शर्मा प्रशिक्षक रहनु भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष 2021 का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
रत्ननगर जेसीजका लोम इडिटर जेसी सुमन पौडेलको सम्योजकत्व र रत्ननगर जेसीज बर्ष 2021 का अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर जेसीजका सदस्य हरुको बाक्लो उपस्थिति रहेको थियो । रत्ननगर जेसीजका पुर्ब अध्यक्ष जेसी पुरुषोत्तम रिजाल , नारायणगढ जेसीजका अध्यक्ष जेसी बाशुदेब दवाडी , रत्ननगर जेसीज बोड अफ ट्रस्टीजका सम्योजक जेसी निरन्जन श्रेष्ठ , राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल लगायतले जेसीज र अहिलेको अवस्थामा आम युवाले गर्नु पर्ने दैनिक कृयाकलापको बारेमा जोड दिदै मन्तब्य राख्नु भएको थियो । कार्यक्रम निपनिमा रहेको होटल बेडरक रिसोर्टमा सम्पन्न भएको थियो ।

