चितवन : पुर्वी चितवन निर्माण सेवा संघ कालिका नगरपालिका ६ खोलेसिमलको कार्यशाला गोष्टि आज प्रेसिडेन्सी रिसोर्ट दासढुङामा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत घैटो फुटाई प्रतियोगिता , घैटो बचाउने प्रतियोगिता, बेलुन फुटाई प्रतियोगिता, कार्यलय सन्चालकहरुको काम कर्तव्य र अधिकार सम्वन्धी प्रस्तुती, कार्यलयको भावी कार्ययोजना तर्जुमा, कार्यलय प्रमुखको आचार सम्हिता प्रस्तुती लगाएत अन्य प्रस्तुतिकरण सम्पन्न भएको कार्यक्रम संयोजक जनजिवन ढकाल ले जानकारी दिए । व्यवसायिहरुलाई संघका पुर्व अध्यक्ष उत्तम घिमिरे तथा सन्चारकर्मी रामु आचार्यले सहजिकरण गरेका थिए । व्यवशायीहरुको व्यक्तित्व लगाएत नेतृत्व विकासका लागि कार्यशाला गोष्टि आयोजना गरिएको संघका उपाध्यक्ष हेम प्रसाद पन्तले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष बलराम दङालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार