रत्ननगर १४ स्थित रामलिला टोल विकास संस्थाले आज एक कार्यक्रम आयोजना गरी नया वर्षको शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । ११ जना कार्यसमिति रहेको रामलिला टोलले मासिक रुपमा वैठक बसी प्रति धुरी २० रुपैया उठाउने गरेको छ । संकलित रकमले सडक बती मर्मत लगाएतका अन्य विकास निर्माणका कार्यक्रम हरु अगाडी बढाउदै आईरहेको छ ।
कार्यक्रम रामलिला टोल विकास संस्थाका अध्यक्ष टिकाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लामिछानेले रामलिला टोललाई रत्ननगरकै नमुना टोल बनाउनका लागि नमुना कार्यक्रम संचालन गर्ने बताउनुभएको थियो ।

