चितवन : पत्रकार महासंघ चितवनको चैत्र २५ गते हुने निर्वाचनका लागि साझा प्यानल घोषणा गरिएको छ । नेपाल प्रेस युनियनको नेतृत्वमा निर्वाचनमा जाने गरि प्रेस संगठन चितवन, प्रेस चौतारी चितवनसहितका संगठनले साझा प्यानलसहित उमेदवारी घोषणा गरेको हो । शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष नारायण अधिकारीलाई साझा प्यानलको अध्यक्षको उमेदवारको रुपमा घोषणा गरिएको हो ।
यस प्यानलबाट उपाध्यक्षमा प्रकाश ज्ञावाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा अनिल ढकाल, खुल्ला सहसचिवमा टिकादत्त तिमिल्सिना, समावेशी सहसचिवमा उर्गेन तामाङ र कोषाध्यक्षमा राजेन्द्र आचार्यको उमेदवारी घोषणा गरिएको छ । त्यस्तै महिला सदस्यमा शोभा पुणसैनी, जनजाति सदस्यमा तुलमान गुरुङ, दलित सदस्यमा एलिना पोखरेल, मधेसी सदस्यमा सरिता महतो शाह रहेका छन । खुल्ला सदस्यहरुमा भने विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, बबिलाल तामाङ, रामु आचार्य, ज्ञानेन्द्र तामाङ र बसन्त ढुङगाना रहेका छन ।
लोकतान्त्रिक, प्रगतिशिल, समावेशी र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा उमेदवारहरु घोषणा गरिएको हो । यस प्यानलमा क्रान्तिकारी पत्रकार महासंघ तथा विभिन्न स्वतन्त्र पत्रकारहरुको समेत समर्थन रहेको छ ।

