रत्ननगर /चैत्र ६
नेपाली कांग्रेसका महामन्त्री प्राध्यापक डाक्टर शसांक कोइरालाले जन्म संगै मृत्यु अकाट्य सत्य भएको वताएका छन । नेपाली काङ्ग्रेसका नेता एवंम गिरीजा प्रसाद कोइराला फाउन्डेसन क्षेत्र नम्बर १ का सभापति गोविन्द गौतमका पिता रत्ननगर क्षेत्रको सामाजीत आध्यात्मीक ब्यक्ती स्वर्गिय सोमनाथ गौतमको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिमा आयोजीत शोक सभामा वोल्दै प्रमुख अतिथी कोईरालाले यस्तो वताउनुभएको हो ।
नेपाली काङ्ग्रेस रत्ननगर वडा नं १२ को आयोजनमा भएको शोक सभामा कोइरालाले जिवनलाई एउटा रुख संग तुलना गर्दै सुकेपछि पात झर्नै पर्ने र नयाँ पालुवा पलाउने यो जिवनको रित भएको बताउनुभयो । पंडित गौतमले देखाएको वाटो दिएको ज्ञान र संस्कार सधै जिवितै रहने समेत वताउनुभयो । वडा सभापति नवराज लामीछानेको सभापतित्वमा भएको शोक सभामा विशिष्ट अतिथि जिल्ला सभापति जितनारायण श्रेष्ठ , निवर्तमान सभापति टेक प्रसाद गुरुङ पुर्व सभापतिहरु रामकृष्ण घिमिरे ,शेषनाथ अधिकारी , टिकाराम न्यौपाने पुर्व सांसद जगन्नाथ पौडेल , सावित्री चौधरी ,प्रदेश सभा सांसद गिता वाग्ले, मिलनवावु श्रेष्ठ, जिल्ला सचिव उत्तम जोशी, राजिव न्यौपाने कोषाध्यक्ष शंकर कंडेल , सहसचिव सुर्य अर्याल, प्रवत्ता निता ढकाल क्षेत्रीय सभापति राजु सिल्वाल ,जिल्ला सदस्यहरु देबकी गौतम,प्रलाद सापकाेटा , दिवाकर अर्याल रत्ननगर सभापती रुपनराज घिमिरे , खैरहनी सभापति शशी खनिया लगायत नेपाली कांग्रेस जिल्ला / नगर/ वडा तहका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । शोक सभा रत्ननगर १२ स्थित निवासमा सम्पन्न भएको थियो ।

