चितवन,फागुन २०
इच्छाकामना गाउँपालिकाले कृषि र पशुपालनमा विनियोजन गरेको बजेट र त्यसको प्रभावकारिताको विषयमा विहीवार अन्तक्रिया कार्यक्रम गरिएको छ । डेक नेपालको सहयोग,नेपाल चेपाङ संघको समन्वयमा अगुवा चेपाङ महिला पैरबी मञ्चले आयोजना गरेको कार्यक्रममा अगुवा चेपाङ महिलाहरुले कृषि र पशुपालनको लागि आफुहरुले अनुदान रकम पाउन नसकेको गुनासो गरेका छन् ।
बजेटको प्रभावकारिताको विषयमा छलफल गरिएको डेक नेपाल सौराहाका निर्देशक जनक कार्कीले जनाकारी दिए । कार्यक्रममा कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले विनियोजित बजेट र भएका काम तथा पशु विकास शाखा प्रमुख डा.सरोज खतिवडाले बजेट र त्यसको प्रभावकारिताको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल चेपाङ संघ प्रदेश समितिका सचिव लक्ष्मण चेपाङले चेपाङ समुदायको समस्या पहिचना गरी स्थानीय सरकारले योजना तर्जुमा गर्नुपर्ने बताए । एउटा कोठामा बसेर बनाएको योजनाका कारण सीमान्तकृत चेपाङहरु अन्यायमा परेको भन्दै उनले चेपाङको समस्या बुझेर योजना बनाउन नसके उनीहरुको अबस्थामा सुधार नआउने बताए । डेक नेपालका निर्देशक जनक कार्कीले गाउँपालिकाले विनियोजन गरेको योजना र बजेटका विषयमा ज्ञान दिलाउन कार्यक्रम आयोजना गरेको बताए ।

