चितवन,फाल्गुन १९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको लोभ नभएको तर जिम्वेवारी आए पछि नहटेने वताएका छन् ।
चितवनमा आयोजित कार्यक्रममा देउवाले सरकारको नेतृत्व गर्ने अवस्था आए कांग्रेसले अग्रसरता लिने बताए । ‘मैले कसैसँग प्रधानमन्त्री मागेको छैन तर जिम्मेवारी लिनुपर्ने भयो भने भाग्नेवाला छैन’, देउवाले भने ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजित नभएसम्म सरकारको नेतृत्व गर्ने सम्भावना नरहेको भन्दै सभापति देउवाले उपयुक्त समयमा कांग्रेसले उपयुक्त निर्णय लिने बताए ।

