चितवन : समाजसेवी सागर लामिछानेले आफ्नो छोरीको जन्म दिनको अवसरमा कालिका नगरपालिका वडा नं २ पदमपुरमा रहेको श्री आधारभूत विद्यालय सहपुरका ६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति घोषणा गर्दै शैक्षिक सहयोग गरेकाछन्।
समाजसेवी लामिछानेले र उनकी धर्म पत्नी सविता लामिछानेले सहपुरका विद्यार्थीहरुका लागि कापी, कलम शैक्षिक सामाग्री वितरण गरेकाहुन्। लामिछानेले छोरीको जन्मदिनकै अवसरमा भरतपुरमा रहेको सहाराको घरमा आश्रित बालिकाहरुको लागि पनि स्टेसनरी सहयोग गरेका छन्।
छोरी साया लामिछाने ५औं वसन्त पार गरी ६औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा बुबा तथा आमा लामिछाने परिवारले शैक्षिक सामग्री बितरण गरेका हुन्।
शैक्षिक समाग्री वितरण कार्यक्रममा बोल्दै समाजसेवी लामिछानेले आधारभूत विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षा निति लागु गर्नुपर्ने बताए। उनले विद्यालयमा स्कुल बस, शिक्षकलाई तलब खुवाउन समस्या रहेको बताए। विद्यालयमा खेल मैदान, डिजिटल वोर्ड, मनोरञ्जन सभाहल आवश्यक रहेको उनले बताए।
विद्यालयको समस्याको बारेमा यहाँका जनप्रतिनिधि, सहयोगी दातासहित आफूले पनि लगानी गरेर विद्यालयलाई नेपालकै उत्कृष्ठ नमुना विद्यालय बनाउने प्रतिबद्ता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोमबहादुर गुरुङ्ग प्रमुख अतिथी रहेका थिए।
बिद्यालयका प्राध्यानाध्यापक जनादर्न शर्मा, साहारा घरकी सञ्चालिका कुसुम साहारा, कलाकार पवन न्यौपाने, समाजसेवी विष्णु प्रसाद अधिकारी, विद्यार्थीका अभिभावक बैकुण्ठ आचार्य, लगाएलते मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालयका सहायक प्राध्यानाध्यापक कार्यक्रममा नेत्र प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय परिसरमा केक काटेर सायाको जन्मदिन मनाइएको थियो।

