चितवन : नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनको अध्यक्षमा पार्वती रावल र सचिवमा प्रकाश खनाल चयन भएका छन्। बुधबार नेकपा चितवनको भरतपुरमा बसेको बैठकले यसअघिका अध्यक्ष र सचिवलाई जिम्मेवारीमुक्त गरी रावल र खनाललाई सो जिम्मेवारी दिएको हो।

नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सह-इन्चार्ज काशीनाथ अधिकारीसहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह-इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिए।

साथै नेकपाका केन्द्रीय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार