४ फागुन, कालिका: कालिका नगरपालिका शक्तिखोरमा स्थानिय निकायमा कृषि सम्बन्धि बजेट सोधखोज कार्यक्रम सम्पन्न भएको छ । अगुवा चेपाङ महिला पैरवी मंचको आयोजनामा भएको कार्यक्रमलाई कालिका नगरपालिका कृषि शाखा प्रमुख शिवराज पौडेलले सहजीकरण गर्नुभएको थियो । नेपाल सरकार अन्तर्गत कृषि संग सम्वन्धित कार्यक्रमहरु के के छन् , लक्षित कार्यक्रम प्राप्त गर्न किसानले के के प्रकृया पार गर्ने लगाएतका बिषयमा पौडेलले अगुवा चेपाङहरुलाई प्रष्ट पार्नुभएको थियो ।
अगुवा चेपाङ महिला पैरवी मंचमा अवद्द १५ जना चेपाङ महिलाहरुको उपस्थिती रहेको कार्यक्रमको उद्धेश्य बारे डेक नेपालको कार्यक्रम निर्देशक जनक कार्कीले प्रष्ट पार्नु भएको थियो । 

