चितवन : चितवनको सौराहामा १५ औं सौराहा सडक फुड फेष्टिवलको औपचारिक उद्घाटन नहुदै पर्यटकको घुईचो लाग्ने थालेको छ । प्रणय दिवस मनाउन विहानै देखि पर्यटक आइरिएका हुन । रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा हुने सौराहा सडक फुड फेष्टिवल आजबाट सुरु हुदैछ ।
फागुन ३ गते सम्म सञ्चालन हुने सो फेस्टिबल आज तीन बजे उद्घाटन हुने छ । सौराहाका व्यवसायीहरुले त्यसका पूर्ण तयारी गरेका छन् । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुने थालेपछि सडक फुड फेष्टिबल आयोजना गरिएको हो । फेस्टिबलको १५ औं संस्करण हात्तीचोक देखि राप्ती ड्याक सम्मको ६०० मिटर भित्रको सडकमा गर्न लागिएको फेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए ।
बेलुका ५ बजेदेखि राति १० बजे सम्म पर्यटकलाई विभिन्न खानाका परिकार सहित विभिन्न सांस्कृतिक कार्यक्रममा रमाउन पाउने व्यवस्था मिलाइएको छ । सडक किनारमा ८० वटा रेस्टुरेन्टले विदेशी खाना सहित थारु,नेवारी तथा नेपाली परम्परागत खाना उपलश्ब गराउने छन । फेस्टिल सुरु नहुँदै व्यवसायीहरुले सौराहालाई सिंगारेका छन् । चोकचोकमा पर्यटक नमाउन सक्ने वाताबरण बनाइइको छ ।
तीन दिन सम्म खानाका परिकारसंगै थारु,मगर,गुरुङ,नेवारी समुदायका मौलिक संस्कृति झल्कने झाकी तथा पञ्चेवाजा प्रस्तुत हुने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । सौराहा वागमती प्रदेशको चितवन जिल्लामा अवस्थित आकर्षक पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् ।

