चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु भएको छ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा कार्यक्रम सुरु भएको फेष्टिवलका संयोजक धुव्रल गिरीले जानकारी दिए ।

सौराहामा पहिलो पटक हात्ती चोकदेखि गैडा चोकसम्म व्यवस्थित तवरमा फुड स्टलसहित फेष्टिवलका कारण सौराहा नगरीलाई दुलही झै सिंगारिएको छ । भने पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिने अ लव सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

३ दिनसम्म सञ्चालन हुने फेष्टिवलमा यो पटक स्थानिय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ । कोरोनाले सौराहाका पर्यटन ठप्प बनाएको थियो उनले भने, अब हामी आन्तरीक पर्यटकहरुलाई नै विशेष प्रथामिकता दिदै सडकमै सडकमै रमाऊ भन्ने नारासहित गरिने फेष्टिवल सबैका लागि नयाँ अनुवभ हुनेछ ।

साथै ४ सय मिटर सडकमा विभिन्न खानाका परिकारसगैँ सास्कृतिक झाकीले सडक परिक्रममा गर्ने र सौराहाको पर्यटनमा नयाँ आयाम थपिने उनको भनाई थियो । फेष्टिवलको एक भव्य समारोहका विच आज दिउँसो ३ बजे रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले गर्ने कार्यक्रम छ । फेष्टिवलमा दिउँसो ४ बजेदेखि बेलुका १० बजेसम्म विशेष प्रस्तुतीले पर्यटकहरु थप उत्साहित हुने रेवान सौराहा सचिव कृष्ण भटट्ले जानकारी दिए ।

यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खाली चौरमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमा नै गर्न लागिएको हो ।
उनले यसपालीको सौराहा फुड फेष्टिवल सडकमा नै भएपनि परिवारसंगै आएर रमाउन सबैलाई आग्रह पनि गरे ।

यसैविच फुष्टिवलको अवसरमा सौराहामा विशेष छुट समेत घोषण गरेको रेवान सौराहाका कोषाध्यक्ष शम्भु मालीले जानकारी दिए । विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार