चितवन, माघ १८
इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायको आर्थिक सामाजिक विकासको लागि तयार गरेको चेपाङ उत्थान कार्यविधिबारे छलफल तथा अन्तक्र्रिया गरिएको छ । डेक नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा कार्यविधिको कार्यान्वयन र प्रभावकारिताको विषयमा छलफल गरिएको थियो । गाउँपालिकाले चेपाङ समुदायलाई आत्मर्निभर बनाउन सीपमुलक,आयआर्जन,महिला सशक्तिकरण,कृषि तथा पशुपालनको माध्यमबाट रोगजारी सृजना,शिक्षा तर्फ सबै वालवालिकालाई शिक्षा,हरेक वडामा उच्च शिक्षाको कक्षा सञ्चालन लगायत विषय समावेश गरिएको छ ।

कार्यक्रममा नेपाल चेपाङ संघ वागमती प्रदेश समितिका अध्यक्ष खुशीलाल चेपाङले बास्तविक चेपाङको पहिचान गरी कार्यविधि बनाउन सुझाब दिएका छन । गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले आर्थिक अबस्थामा सुधार गर्दै चेपाङको मानसिक परिर्वतन गर्ने गरी कार्यविधि बनाउन लागेको बताइन । कार्यविधिको ड्राफ्ट तयार भइसकेको भन्दै आगामी गाउँसभाबाट पारित गरी कार्यान्वयनमा लैजाने बताइन ।

कार्यक्रममा डेक नेपालका निर्देशक जनक कार्कीले चेपाङ महिला सशक्तिकरण परियोजना अन्तर्गत स्थानीय निकायको बजेट बाँडफाँड,सामाजिक जवाफदेहीता तथा लैङ्गिक उत्तरदायी बजेट स्थानीयकरण,योजना निर्माण प्रक्रियामा महिलाको सहभागिताको लागि काम गरेको जानकारी दिए । नेपाल चेपाङ संघ वागमती प्रदेश समितिका सचिव लक्ष्मण चेपाङ,नेपाल चेपाङ संघका पूर्व महासचिव सन्तबहादुर चेपाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष पञ्च चेपाङ,वडा नं ५ का वडाध्यक्ष भूपेन्द्र चेपाङ,र्सिजनशिल महिला जागरण केन्द्र मुग्लिनकी अध्यक्ष सावित्री पुडासैनी,अगुवा चेपाङ महिला पैरवी मञ्च तथा स्थानीय श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार