रत्ननगर : आफ्नो ३० औ स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिती , टिकौलीले आज रत्ननगर १० स्थित कृष्ण मन्दिर प्राङ्गढमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक दिलिप महतले जानकारी दिएका छन् ।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष जगदिश चन्द्र शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५ जना महिला सहित २८ जनाले रक्तदान गरेका थिए। विश्व महामारी को रूपमा फैलिएको कोरोना भाइरसको कारणले चितवनमा रगतको चरम अभाव भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष वाल कृष्ण आमागाईले बताए । प्रारम्भिक समितिका शरण अधिकारीद्वारा संचालित कार्यक्रममा समितीकि राधिका लम्सालले स्वागत मन्तव्य राखेकी थिइन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार