माघ १७ चितवन
प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएसगैँ बिहानै विरोध सुरु भएको छ । अनेरास्वीयू चितवन सम्बद्ध विद्यार्थीहरुले विरोध पत्र सडक भरि फाल्दै र टायर बालेर विरोध गरेका हो । नारायणगढ बजारसहित जिल्लाका ठाँउ ठाँउमा शन्तिपूर्ण तवरले कालोपत्रमा नारा सडकमा फाल्दै विरोध गरेका हुन् । उनीहरुले आँपटारी र गोन्द्रगंमा टायर बालेर नाराबाजीसहित विरोधमा उत्रिएका थिए । उनीहरु असंवैधानिक कद खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको कालो पत्र सडक भरि फालेका छन् ।

प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आउन लागेका हुन् । जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली चितवन आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चौकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार