माघ १७ , चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् ।
ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार