माघ १६ , चितवन
चितवनको भरतपुरमा रहेको चौविसकोठीमा आज ६५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । सहिद दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । नेपालीको पहिचान रहेको राष्ट्रिय झण्डाको महत्व बढाउन सामाजिक संस्था हेल्प फर हेप्पीनेसले एक लाख रुपैयाँको लगानीमा झण्डा राखेको हो । हाम्रो शान, हाम्रो स्वाभिमान राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्ने नारासहित राष्ट्रिय झण्डा फहराइएको संयोजक रमण वाग्लेले जानकारी दिए ।

