राजेन्द्र आचार्य, चितवन : चितवनको भरतपुर महानगरद्धारा महानगरपालिकाभित्रका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। बालबालिकासँग मेयर कार्यक्रम अन्र्तगत सरकारी विद्यालयमा विद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका विद्यार्थीहरुलाई महानगरको शैक्षिक विकास योजना अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको मेयर रेनु दाहालले जानकारी दिईन् ।

पहिलो चरणको कार्यक्रममा वडा नम्बर २३, २४ र २५ का ६ वटा विद्यालयमा अध्ययनरत २ सय ८७ जना विद्यार्थीहरुलाई चिसो बढेसँगै यसबाट जोगाउन र विद्यालयमा थप आर्कषित गर्न न्यानो कपडा प्रदान गरेको स्पष्ट पारिन् । आज एक समारोहका विच मेयर रेनु दाहालले आफै न्यानो कपडा लगाईदिदै अभियानको थालनी गरेकी छन् ।
सो कार्यक्रममा आर्थिक रुपमा विपन्न, बाढी पीडित, असहाय, दलित परिवारकासहित ईसिडी देखि कक्षा ५ सम्मका सबै बालबालिकहरुलाई न्यानो कपडा वितरण सुरु भएको मेयर रेनुले बताईन् ।
सोही अवसरमा बोल्दै मेयर रेनु दाहालले महानगर क्षेत्रका विद्यालयमा अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको जानकारी दिईन्।
उनका अनुसार महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै ९ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालिएको छ । जसबाट वस खरिद, ल्यापटप वितरण, विद्यालय सुधारका कार्यक्रम जारी छ । यस्तै मेयर रेनुले विकास र निर्माणको गतिमा महानगरले फड्को मार्ने क्रम रहेको बताउदै शिक्षामा समेत नमुना महानगर बनाएरै छाड्ने प्रतिवद्धा व्यक्त गरिन् । यसअघि मात्रै मेयरसँग महिला कार्यक्रम अन्र्तगत झण्डै ३ सय बढी विद्यार्थीहरुलाई विद्यालयमा आर्कषित गर्न साईकल वितरण गरिएको थियो ।

चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताउदै अबका दिन समेत महानगरले विपन्न समुदायका विद्यार्थीहरुको शैक्षिक निरन्तरतामा नयाँ नयाँ जनमुखी कार्यक्रम ल्याउने बताउछन् ।

यस्तै महानगरका शैक्षिक प्रशासन महाशाखा ऋषिराम शर्माले बालबालिकालाई पहुँच हुने बालबालिकासँग मेयर कार्यक्रम अन्र्तगत झण्डै ५ लाख रुपैयाँको लागतमा टोपी, र ट्याक सुट प्रदान गरेको बताए ।

न्यानो कपडा पाएसगैँ विद्यार्थीहरु निकै खुसी भएका थिए । श्री राष्टिय आधारभुत विद्यालय वयरघारीमा पढ्ने छात्र आदित्य परियारले आर्थिक अभावका कारण न्यानो कपडा अभाव भईरहेको वेलामा महानगरले आफूलाई कपडा दिँदा निकै खुसी लागेको बताए। यस्तै अर्की छात्राअस्मीता परियारले न्यानो कपडाका कारण अब पढ्न आउन सहज भएको र आफुहरुलाई पढाईमा अब ुकनै समस्या नपर्ने बताईन् । यस्तै अर्का विद्यार्थी दुर्गा गौतम परियारले पनि महानगरले आफुहरुको बाध्यता बुझेर न्यानो कपडा दिएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र महानगर परिवारलाई खुसी हुदै धन्यवाद दिए ।
साभार-सौराहा अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार