१४ माघ २०७७
रामु आचार्य, कालिका : लामो समय अज्ञानको घेरामा रुमलिदा आफ्नो जिन्दगी अन्धकारमा बिताउन बाध्य भएपनी अब भने केहि आसाको किरण देखिन थालेको कालिका नगरपालिकाका चेपाङ महिलाहरुले बताएका छन् । कालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा, चितवनले आज कालिका ९ मा आयोजना गरेको “महिला हरुको हक, अधिकार सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम”मा उनीहरुले यस्तो बताएका हुन् । अगुवा चेपाङ महिला पैरवी मंचकि अध्यक्ष लक्ष्मी चेपाङले डेक नेपाल सौराहाले संचालन गरेको “चेपाङ महिला सशक्तिकरण” परियोजनाले आफुहरुको जीवनमा सकारात्मक उर्जा प्रवाह गरेको बताउदै आफ्नो हक, अधिकार तथा चेतनाको ज्ञान रफ्तारमा वृद्धि भएको समेत बताईन । साथै उनले थपिन “पहिले पहिले नगरपालिकामा हामीलाई कसैले चिन्दैन थियो , तर अचेल नगरपालिकाका कर्मचारी साथै जनप्रतिनिधिहरुले आफ्नो नाम लिएर बोलाईदिदा, कार्यक्रम हरुमा खबर गरिदिदा खुसीको सिमा नै छैन”

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कालिका नगरपालिकाकी उप-प्रमुख कमला भट्टराईले कार्यक्रममा बोल्दै नगरपालिकाले चेपाङ महिलाहरुको लागि छुट्टै भवन निर्माण गरि महिलाहरु लाई गोलबन्द गर्ने बताउदै महिलाहरुको लागि नगरपालिकाले विविध कार्यक्रम ल्याईने जानकारी दिएकी छिन । नगरपालिकाले ल्याउने कार्यक्रममा चेतना, आय, विकास लगाएतका कुरालाई जोड दीने उनको प्रतिबद्धता थियो । अगुवा चेपाङ महिला पैरवी मंच कालिका ९ का करिब ६० जना महिला हरुको उपस्थितिमा भएको कार्यक्रममा डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्की, कालिका नगरपालिका सदस्य दुर्गा सुबेदी, कालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी सबिना श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कालिका नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी प्रमुख सम्झना ढकालले महिला अधिकार सम्बन्धि प्रशिक्षण प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार