रत्ननगर : रत्ननगर जेसिजको २२ औं अधिवेसन एवं २३ औं साधारण सभा अन्तर्गत सर्बसहमती बाट निर्णय ननिस्किए पछि रत्ननगर जेसिजको इतिहासमै पहिलो पल्ट निर्वाचन भएको छ । होटल सौराहा गेट वे मा सम्पन्न निर्वाचनमा सत प्रतिसत मत खसेको निर्वाचन अधिकृत जेसि सुरेश चन्द्र आचार्यले जानकारी दिए । अध्यक्ष पदका लागि जेसि अमित कुमार गुप्ता र जेसि हेमराज आचार्य बिच प्रतिस्पर्धा भएको छ ।
