चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध बयलगाडा प्रदर्शन गरिएको छ । अनेरास्ववियु चितवनको आयोजनामा चितवन स्थित रत्ननगरमा बयलगाडा प्रदर्शन गरिएको हो । अनेरास्ववियुका नेताहरुले प्रधानमन्त्रीलाई लक्षित गर्दै बयलगाडा भाडा ७० करोड, ए सरकार कता अमेरीका जाने बयलगाडा यता भन्दै केहिबेर नाराबाजी समेत गरे ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज भण्डारीले बयलगडा चढेर अमेरिका पुगिन्छ र भन्ने प्रधानमन्त्रीको भनाईलाई जनताले खारेज गरेर गणतन्त्र ल्याएको बताए । उनले सिंहदरबारमा २४ घण्टा डा केआई सिंह श्री ६सरकार बनेको भन्दै अहिलेका प्रधानमन्त्री ओली श्री ७ सरकार बन्ने खेलमा लागेको आरोप लगाए । केन्द्रिय सदस्य भण्डारीले प्रधानमन्त्रीले आँफुलाई काम गर्न दिईएन भन्ने कुरा हास्यस्पद भएको बताए । भण्डारीले प्रधानमन्त्रीले छिन भरमा मैले जति काम कसैले गरेन भन्ने छिन भरमै मलाई काम गर्न दिइएन भनेर देशलाई भडखारोमा धकेलेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर