१३ पुस, मनकामना केबलकार सात दिन वन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने भएको हो ।
कोरोनाको अवधिमा नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेकोको थियो ।
यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो । नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

