चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषधसहित २ जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा राक्सिराङ्ग ७ गर्लिङ्ग घर भएका ३५ बर्षीय रामकृष्ण प्रजा र उनका छोरा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई राप्ती नगरपालिका वडा नं. ४ झरना जाने सडकबाट पक्राऊ गरिएको हो । चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार